एन आइ सी एशिया बैंकको मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु

आइतबार, ०४ चैत्र २०७४, २० : ३२
एन आइ सी एशिया बैंकको मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु

काठमाडौँ । एन आइ सी एशिया बैंक लिमिटेडले Max Money Sdn. Bhd सँगको सहकार्यमा मलेसियाबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको छ ।
बैंकले यस सम्बन्धमा म्याक्स मनि मलेसियासँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट फागुन २७ गते स्वीकृति प्राप्त गरेसँगै मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको हो ।
उक्त सम्झौता अनुसार Max Money Sdn. Bhd को मलेसियामा अवस्थित २१ वटा शाखाहरुबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी एन आइ सी एशिया रेमिट मार्फत पठाएको विप्रेषण रकम नेपालमा भुक्तानी पाउनेछन् ।

एम एण्ड एम रेमीटसँग्ग रेमिटेन्स सम्झौता
यसैबीच बैंक र एम एण्ड एम एन आइ सी एशिया बैंक लिमिटेड र एम एण्ड एम रेमिट मरेसियसबीच कतार, यूएई, साउदी अरब र मौरिससबाट एम एण्ड एम रेमीटमार्फत नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम भुक्तानी दिनेसम्झौता भएको छ ।
बैंकका मुलुकभर फैलिएको १८४ वटा शाखाहरु र ४,६०० भन्दा बढि सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस