काठमाडौँ । विदेशी लगानीमा नेपालमा सञ्चालित कम्पनीहरुलाई विदेशबाट ऋण ल्याउन सहज हुने भएको छ । नेपाल राष्ट्र बैंकले त्यस्ता कम्पनीहरुले आफ्नै लगानीकर्ताबाट विदेशी मुद्रामा ऋण दिन चाहेमा त्यसलाई सहजीकरण गर्नेगरी विदेशी विनिमयसम्बन्धी निर्देशनलाई संशोधन गरेको हो ।
विदेशी लगानीका त्यस्ता कम्पनीहरुले नेपाली बैंक तथा वित्तीय संस्थाबाट पर्याप्त ऋण नपाएमा वा ऋण पाएर पनि महँगो भएमा त्यसको विस्तृत विवरण खुलाएर ऋण भित्र्याउने प्रस्ताव गरेमा यस्तो ऋण ल्याउने बाटो खुला गर्ने नेपाल राष्ट्र बैंकको संशोधित निर्देशनमा उल्लेख गरिएको छ । त्यसरी ल्याउने ऋण भने बैंकिङ च्यानलबाटै आउनुपर्ने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ पुस २०७७, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्र्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन : अर्थमन्त्री पौडेल
सरकारले तिर्नुपर्ने ऋणको अंश बढ्दै
सेयर बजारमा आउन चाहनेहरुले जान्नैपर्ने आधारभूत विषय
सुनको मूल्यमा सामान्य वृद्धि
ग्लोबल आइएमई बैंकले चितवनका कृषकहरुलाई सहुलियतपूर्ण कर्जा दिने
नेप्से परिसूचक बढ्दा सेन्सेटिभ इन्डेक्स घट्यो