काठमाडौं । कोरोना संक्रमणको जोखिम बढे सँगै बन्द भएका सिनेमा घरहरु भोली माघ १ गते देखि खुल्दै छन् । यस सँगै एक नयाँ चलचित्र पनि प्रदर्शनमा आउने भएको छ । चर्चित अभिनेता शिव श्रेष्ठले लगानी गरेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आउन लागेको हो ।
चलचित्रको प्रदर्शनका बारेमा सोधेको एक प्रश्नमा नायक एवं निर्माता श्रेष्ठले आफ्नो चलचित्रको प्रदर्शनले ठप्प भएको सिने क्षेत्र चलाएमान हुने बताउनु भयो । हामीले नायक एवं निर्माता श्रेष्ठलाई यस्तो कठिन पस्थितिमा सिनेमा किन बनाउनु भयो भनेर सोधेका छौँ ।
(कुराकानीको संपादित अंश)
तपाइलाई धेरै धेरै शुभकामना तथा बधाइ,यो विषम परिस्थितिमा सिनेमा लिएर आउनु भयो ?
उत्तरः हो समय अलि फरक नै छ । तर आश्चर्य मान्नु पर्ने त्यस्तो पनि छैन । कोभिडको समयमा सबैले आफ्नो क्षेत्रबाट काम सुरु गर्नुपर्ने आवश्यकता देखेर हामी अगाडी आएको हो । कलाकारले कला क्षेत्रबाट अगाडी आउने बेला हो यो । सिनेमा हेर्न सुरुमा दर्शक आउदैनन् कि भन्ने डर हाम्रो टीममा पनि थियो । तर यो सिनेमाको प्रदर्शनले धेरै क्षेत्रको ढोका खोल्छ भन्ने लाग्यो । यसरि सबै क्षेत्रलाई चलायमान बनाउने देखेर हामीले प्रदर्शन गर्ने हिम्मत गरेको हो ।
कोरोनाको जोखिम बढेको बेला नयाँ कलाकारको सिनेमा, लगानी जोखिममा परेन र ?
उत्तरः जोखिम त छ । तर हामी मनोरञ्जनको क्षेत्रबाट यहाँ सम्म आएका हौं । म आफैं बिगत ४० वर्ष देखि काम गर्दै आइरहेको छु । जोखिम भन्दा पनि कर्तब्य सम्झेर पनि आएको हुँ ।
अलिकति सिनेमाको कुरा गरौं, कस्तो छ कथाबस्तु, नयाँ कलाकारलाई ल्याउनु भएको छ ?
उत्तरः ‘एउटा यस्तो प्रेम कहानी’को कथाबस्तु उत्कृष्ट छ । मेरो छोरा शक्ति श्रेष्ठ र करिष्मा मानन्धरको छोरी कविता मानन्धरले अभिनय गर्नुभएको छ । हामी कलाक्षेत्रका ब्यक्तिहरुले आफ्ना छोराछोरीलाई दर्शक सामु ल्याएका छौं । यसमा पुराना र स्थापित कलाकारहरुले पनि अभिनय गर्नुभएको छ । सिनेमा कमर्सियल बिधामा बनेको छ । खासमा गजब बनेको छ ।
फेरि पनि भर्खर हल खुल्दै छ, नयाँ सिनेमा हलमा लगाउन हतार भएन र ?
उत्तरः यो समयमा सिनेमा ल्याउनु मेरा दर्शकको लागि हो । मलाई ४० वर्ष देखि दिएका माया र विश्वासलाई कर्तब्य सम्झेर पनि यो समयमा सिनेमा लिएर आएको हँु । मलाई बनाएको दर्शकले हो, मैले दर्शकलाई मनोरञ्जन दिनु पर्छ । मेरो फिल्म हेर्न दर्शक हल सम्म आउनुहुन्छ । कोरोनाको कारण घर भित्र उकुस मुकुस भएर बस्नु भएका दर्शकलाई नयाँ ताजा सिनेमा दिएको छु ।
अन्तिममा,यो सिनेमाको प्रदर्शन सँगै सिने क्षेत्रमा कस्तो प्रभाव पर्छ के भन्नुहुन्छ?
उत्तरः यो सिनेमाको प्रदर्शन सँगै बन्द भएका, रोकिएर रहेका कामहरु सुचारु गर्न बाटो खोल्छ । अब केहि गर्नुपर्छ चुप लागेर बस्नु हुन्न भन्ने सन्देश प्रवाह गर्छ । साथै सिने क्षेत्रका प्राविधिक कलाकारहरुले काम पाउले वातावरण बन्छ । हामीले प्राविधिक कलाकारहरुलाई काम पनि दिनु छ । मैले पनि सिनेमाको प्रदर्शन पछि संकलन हुने केहि रकम प्राविधिकहरुलाई सहयोग गर्नेछु । यस्तै अहिलेको अवस्था सृजना गर्न नेपाल सरकारले गरेको सहयोगलाई धन्यवाद दिन्छु ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ पुस २०७७, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘द कपिल शर्मा शो’ बन्द हुने
हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
निर्मलको नयाँ गीत ‘अचेल मायाको’
अब पालो दोश्रो मिस्टर एन्ड मिस रौनियार २०२१ को
कौन बनेगा करोडपछिबाट अमिताभ बच्चन बाहिरिए
नाजिर र आँचलको ‘तोरी पेली तेल’ गीतको डान्स प्रतियोगिता सुरु, उत्कृष्ट कभर भिडियो बनाउनेलाई डेढ लाख नगद पुरस्कार