काठमाडौँ । अमेरिकामा चिडियाखानामा रहेका गोरिल्लामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । सान डिएगो चिडियाखानामा दुईवटा गोरिल्लामा कोरोनाभाइरसको संक्रमण देखिएको चिडियाखानाले जनाएको छ ।
चिडियाखानाका गर्भनर गामिन न्युसमले एक विज्ञप्ति जारी गर्दै चिडियाखानाका गोरिल्लामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यी जनावरहरुमा अहिले कोरोनाको संक्रमण देखिएको र लक्षण नदेखिएका कर्मचारीमार्फत् उनीहरुमा संक्रमण फैलिएको हुनसक्ने न्युसमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
चिडियाखानाका अनुसार गोरिल्लामा कोरोना भाइरस देखिएको यो पहिलो उदाहरण हो । यसअघिको अध्ययनले मानिसबाहेकका केही सीमित जनावर संक्रमणको खतरामा रहेको देखाएको थियो । गोरिल्लाहरु परिवारमा बस्ने भएकाले सबै सदस्यहरुमा संक्रमण फैलिएको हुनसक्ने चिडियाखानाका अधिकारीहरुले जनाएका छन् ।
उनीहरुका अनुसार गत बुधबारदेखि दुईवटा गोरिल्लाहरुले खोक्न थालेका थिए । त्यसपछि प्रारम्भिक परीक्षण गर्दा शुक्रबार उनीहरुमा भाइरस रहेको देखियो । सोमबार राष्ट्रिय भेटेरीनरी सेवा ल्याबोरेटेरीका लागि अमेरिकी विभागले यसको पुष्टि गरेको हो । गोरिल्लाहरुमा भाइरसले कतिसम्म असर गरेको छ भन्ने विषय अहिलेसम्म थाहा नभएको चिडियाखानाका अधिकारीहरुले बताए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २८ पुस २०७७, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा गणतन्त्र दिवसका दिन किसानहरुको ट्याक्टर र्याली
जर्मनी भ्रमणका लागि बाइडेनलाई मर्केलको आग्रह
अमेरिका प्रवेश गर्न कोरोना नेगेटिभ भएको रिपोर्ट चाहिने
चीन र न्यूजील्यान्डबीच स्वतन्त्र व्यापार सम्झौता
अमेरिकाको ईतिहासमा कमला ह्यारिस उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला
श्रीलङ्कामा भारतीय र रूसी खोपलाई अनुमति