शक्तिशाली परमाणु हतियार बनाउने  उत्तर कोरियाका नेता किमको घोषणा

एजेन्सी

मंगलबार, २८ पुस २०७७, ०९ : ४८
शक्तिशाली परमाणु हतियार बनाउने  उत्तर कोरियाका नेता किमको घोषणा

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ्ग–उनले आफ्नो जन्मदिनको अवसरमा परमाणु तथा सैन्य क्षमता बिस्तारको घोषणा गरेका छन् ।

किमले आफ्नो जन्मोत्सवमा थप परिष्कृत लामो दूरीमा मार हान्न सक्ने मिसाइल, सुपर लार्ज वारहेड्स, गुप्तचर स्याटेलाइट तथा परमाणु शक्तियुक्त सबमरिनसहितका हतियार बनाउने घोषणा गरेका हुन् ।

पछिल्लो पाँच वर्ष यताकै ठूलो राजनीतिक कार्यक्रममा सैन्य योजना सार्वजनिक गरिएको हो । उत्तर कोरियाले गरेको नयाँ घोषणा चेतावनी युक्त रहेको विश्लेषण गरिएको छ ।

अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले शपथ लिने तयारी गरेका बेला उत्तर कोरियाको यस्तो घोषणा आउनुलाई थप अर्थपूर्ण रुपमा लिइएको छ ।
नेता किम उत्तर कोरियाको सत्ताधारी वर्कर्स पार्टीको सर्वोच्च पद महासचिवमा बढुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस