काठमाडौँ । सूर्यविनायकको एक मासु पसलसहित अन्य पाँच पसलमा आगलागी हुँदा करीब रु १२ लाख बराबरको क्षति भएको छ । सूर्यविनायक नगरपालिका–६ पाण्डुबजारस्थित जस्ताको टहरामा भोजबहादुर घिसिङले सञ्चालन गरेको मासु पसलमा गए राति आगलागी शुरु भएर अन्य पाँच पसलमा फैलिँदा करीब १२ लाख ६० हजारबराबरको धनमाल जलेर नष्ट भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
प्रहरीको अनुसन्धानअनुसार अचानक बिजुलीको तार चुहावट भई शुरु भएको आगलागीसँगैको अन्य पसलहरुमा समेत सल्किन पुगेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । आगलागीमा मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ ।
आगलागीबाट मासु पसल नजीकै रहेको रामकृष्ण चौगुठीको फर्निचर पसलमा रहेको दराज, टेबुल, फर्निचर बनाउने काठ र बा.७५प. ५८२४ नंको मोटरसाइकल पूर्णरुपमा जलेर क्षति भएको उहाँले जानकारी दिनुभयो । घिसिङको मासु पसलमा रहेको जिउँदो ब्वायलर कुखुरा २५ वटा, तयारी मासु र फ्रिज एक थान, नारायण साडेमियाले सञ्चालन गरेको चिया पसलमा रहेको फ्रिज एक थान, टेबुल, कुर्सी नष्ट भएको छ ।
बिमल घिमिरेले सञ्चालन गरेको फेन्सी कपडा पसलमा रहेको कपडाहरु र नरेश कर्माचार्यको कोठासमेतमा आगलागी हुँदा कोठामा रहेका दराज, पलङ, कार्पेट, श्यया, लत्ताकपडा र अन्य सामानसमेत जलेर नष्ट भएको प्रनाउ गिरीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २७ पुस २०७७, १९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुत्ता-चप्पल गोदाममा आगलागी, ७० लाखको क्षति
टिपरमा एकाएक आगलागी
फ्रान्सको जंगलमा भीषण आगलागी, महिलाको मृत्यु
चार महिनामा एक हजार बढी आगलागीका घटना
धनगढीमा भीषण आगलागीबाट आठवटा सटर जलेर नष्ट
वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति