सुनको मूल्य तोलामा २३०० रुपैयाँले घट्यो

सफल खबर संवाददाता

आइतबार, २६ पुस २०७७, ११ : १५
सुनको मूल्य तोलामा २३०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी  व्यवसायी महासंघका अनुसार साताको कारोबारको पहिलो दिन सुन तोलामा २३०० रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भएको हो । 

शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९५ हजार ३०० रुपैयाँ रहेको थियो । तर आइतबार सुनको मूल्य ह्वात्तै घटेर तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १३३० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर १२७० रुपैयाँमा कारोबार भएको हो ।
 

प्रतिक्रिया दिनुहोस