बैंकको काउन्टर शनिवार पनि खुला राख्न नेपाल राष्ट्र बैंकको निर्देशन

सफल खबर संवाददाता

शुक्रबार, २४ पुस २०७७, १२ : ३०
बैंकको काउन्टर शनिवार पनि खुला राख्न नेपाल राष्ट्र बैंकको निर्देशन

सांकेतिक तस्विर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको काउन्टर शनिवार पनि खुला राख्न निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीयलाई कर संकलन प्रयोजनका लागि शनिबार पनि राजश्व संकलन गर्ने काउन्टर खुला राख्ने व्यवस्था गर्न निर्देशन दिएसँगै त्यस्ता काउन्टरहरु खुल्ने भएका हुन् । 

दोस्रो त्रैमास सकिनै लाग्दा व्यवसायिक संस्थाहरुले पुस मसान्तमा यो अवधिको अनुमानित आयमा आधारित आयकर बुझाउँछन् ।

यसका लागि प्रत्येक त्रैमासको अन्तिम शनिबार आन्तरिक राजश्व विभागले आफू मातहतका सबै कार्यालय खुला राख्दै आएको छ । यसैलाई सहयोग गर्न राष्ट्र बैंकले यस्तो निर्देशन जारी गरेको हो ।  
 

प्रतिक्रिया दिनुहोस