बिहान खाली पेटमा खानै नहुने ६ खानेकुरा

एजेन्सी

शुक्रबार, २४ पुस २०७७, ११ : २७
बिहान खाली पेटमा खानै नहुने ६ खानेकुरा

एजेन्सी । बिहान खाली पेटमा थोरै थोरै खाना खानुपर्छ । बिहान खाने खानेकुराले मानिसको शारीरिक र मानसिक स्वास्थ्यलाई प्रभावित बताउँछ । गलत खानेकुराले पाचन प्रक्रियामा समस्या पैदा गर्छ । त्यसैले बिहान केही यस्ता खानेकुरा खानुहोस् जसले तपाईंको स्वास्थ्यलाई स्वस्थ्य राख्छ ।

काँचो सागसब्जी
डाइटमा सलाद खानु राम्रो मानिन्छ तर यो ध्यान दिन आवश्यक छ कि काँचो खाने सागसब्जीमा भरपुर फाइबर हुन आवश्यक छ । जुन सजिल्यै पच्छ । बिहान खाली पेटमा काँचो सागसब्जीले ग्यास, ब्लोटिङ र पेट दुख्ने समस्या पैदा गर्छ ।

अमिलो फलफूल
अमिलो फलफूल सुन्तला र टमाटरमा भिटामिन सीको मात्रा प्रचुर हुन्छ । यसले तपाईंको छाला र रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । तर खाली पेटमा बिहान खाँदा एसिड पैदा गर्छ र पेटमा जलन र ग्याष्ट्रिक पनि निम्त्याउँछ । 

कफी
सामान्यतयाः मानिसहरु बिहान खाली पेटमा कफी पिएर सुरुवात गर्छन् । तर खाली पेटमा कफी पिउँदा पेटमा अम्लिय रस उत्पादन हुने र पेटमा ग्याष्ट्राइटिस हुने खतरा बढ्छ । 

बास्नादार पेयपदार्थ 
एक गिलास जुस पिएर दिनको सुरुवात गर्ने चलन रहेको छ । तर प्याकिङ गरिएको जुसमा भारी मात्रामा चिनी हुन्छ । पेटमा सानो आन्द्राको माथिल्लो भागमा रहेको ग्रन्थीलाई प्यानक्रियाज ग्रन्थी भनिन्छ । 

केरा 
बिहान खाली पेटमा केरा खाँदा ध्यान दिन आवश्यक छ । केरामा म्याग्नेशियम र पोटाशियमको मात्रा उच्च हुन्छ । जसले खाली पेटमा सेवन गर्दा मिनरललाई असन्तुलित बनाउँछ । 

दही
दहीले खाना पचाउन मद्दत गर्छ । तर यसमा पाइने ल्याक्टिक एसिड नामक ब्याक्टेरियाले बिहान खाली पेटमा उच्च अम्लीय सामाग्री पैदा गर्छ । त्यसैले दही बिहान खाली पेटमा भन्दा दिउँसो खाँदा राम्रो मानिन्छ । 

प्रतिक्रिया दिनुहोस