काठमाडौं । राष्ट्रिय सभा सदस्यहरुले प्रतिनिधि सभा नभएको अवस्थामा आफुहरुको भूमिका सशक्त पार्ने बताएका छन् । राष्ट्रिय सभाको सातौँ अधिवेशन पौष १७ गतेदेखि शुरुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पौष ५ गते प्रतिनिधि सभाको विघटन गरेसँगै यस राष्ट्रिय सभा अधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ ।
विधेयकहरु दुवै सदनबाट पास हुनुपर्ने भएकाले राष्ट्रिय सभाको यस अधिवेशनमा सरकारले पर्याप्त बिजनेश नदिने आशंका साथ अधिवेशन लामो समय जान नसक्ने राष्ट्रिय सभा सदस्यहरु नै बताउँछन् । यद्यपी सरकारले दिएको बिजनेशमा गम्भिरतापूर्वक छलफल गर्ने र संकटपूर्ण अवस्थालाई निकाश दिन भूमिका खेल्ने राष्ट्रिय सभा सदस्यहरुको भनाई छ ।
राष्ट्रिय सभा सदस्य शान्ति अधिकारीले नीति निर्माण गर्ने काम र संकटपूर्ण अवस्थालाई निकास दिई संकटबाट बचाउन भूमिका खेल्ने बताए । प्रतिनिधि सभाले पास गरिसकेका र राष्ट्रिय सभाले पास गर्न बाँकी विधेयकहरु पास गरिने उनको भनाई छ ।
राष्ट्रिय सभा सदस्य रामलखन चमारले सरकारले आवश्यक ठानेका कामको सन्दर्भमा त्यसको जिम्मेवारी राष्ट्रिय सभाले बहन गर्ने भएकाले राष्ट्रिय सभाको भूमिका महत्वपूर्ण रहेको बताए । जनताको बिचमा सम्बन्धित दलको धारणा लिएर जाने, जनतालाई संगठित गर्नुका साथै जनताको सरोकारका विषय सम्बन्धित मन्त्रालयमा पु¥याउने भूमिका राष्ट्रिय सभा सदस्यको रहेको उनकोे भनाई छ ।
विधेयकको काम नहुने भएकाले अधिवेशन लामो समय जान नसक्ने राष्ट्रिय सभा सदस्य चक्रप्रसाद स्नेहीले बताए । यद्यपी समितिमार्फत हुने कामहरु हुने उनले बताए ।
कोभिड १९ को विषय, विभिन्न आयोगको प्रतिवेदन लगायत राष्ट्रिय सभाको बिजनेश हुनुपर्ने राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरको भनाई छ । प्रतिनिधि सभा नभएको अवस्थामा जनताका जल्दाबल्दा सवालमा राष्ट्रिय सभामा छलफल हुनुपर्ने तथा जनतालाई जनप्रतिनिधिमुलक संस्था छ भन्ने अनुभुति दिलाउन राष्ट्रिय सभा बैठकको निरन्तरता आवश्यक रहेको उनले बताए ।
प्रतिनिधि सभा विघटन भएका कारण राष्ट्रिय सभाको यस अधिवेशनमा धेरै विधेयकहरुमाथि छलफल हुनेछैन । यद्यपी राष्ट्रिय सभा सदस्यहरुले भने जनजिविकाको सवालमा तथा राष्ट्रिय राजनीतिमा देखा परेका जटिलताको सवालमा राष्ट्रिय सभाले महत्वपूर्ण तथा सशक्त भूमिका निर्वाह गर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ पुस २०७७, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदाता नामावली प्रकाशन, १३ जना मतदान गर्न नपाउने
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकियो
संघीयताबारे छलफल गर्न राष्ट्रिय सभा सदस्यहरू आ-आफ्नो निर्वाचन क्षेत्रमा