भुमिगत जलस्रोतको सुविधा बढेसंगै खेती गर्न सिंचाईमा छलांग मार्दै चितवन र मकवानपुर

प्रकाश सिग्देल

विहीबार, २३ पुस २०७७, १२ : ३९
भुमिगत जलस्रोतको सुविधा बढेसंगै खेती गर्न सिंचाईमा छलांग मार्दै चितवन र मकवानपुर

प्रकाश सिग्देल
चितवन । भुमिगत जलस्रोत तथा सिचाई बिकास डिभिजन कार्यालय चितवनले चितवनमा ३ हजार ५ सय ७७ बटा स्यालो ट्युववेल र ५६ वटा डिप ट्युववेल निमार्ण गरेको छ  । ३ हजार ५ सय ७७ बटा स्यालो ट्युववेल बाट ९ हजार २०५ हेक्टर क्षेत्रफलमा सिंचाई सेवा पुगेको र डिप ट्युववेलबाट १ हजार ४ सय ३२ हेक्टर क्षेत्रफलमा सिंचाई सेवा पुगेको कार्यालयले जनाएको छ ।

कार्यालयको चितवन संगै मकवानपुर जिल्ला पनि कार्यक्षेत्र रहेकाले मकवानपुरमा २ सय ८४ वटा स्यालो ट्युववेल र १९ वटा डिप ट्युववेल निमार्ण गरेको कार्यालयका सुचना अधिकारी तथा हाईडोजियोलोजिष्ट केशव जैशीले बताए ।  मकवानपुरमा दुवै प्रणाली मार्फत १ हजार २ सय ७५ हेक्टर क्षेत्रफलमा सिंचाई सेवा पुगेको छ । आर्थिक वर्ष ६८/६९ देखी ७६/७७ सम्म कार्यालयले यो प्रगती हासिल गरेको जैशीको भनाई छ ।

कार्यालयले चालु आवमा मकवानपुरको हर्नामाडी डिप ट्युववेल सिंचाई योजना मार्फत १३ वटा डिप बोरिगं निमार्णको लागी प्रक्रिया थालेको छ । १३ करोड १५ लाख बजेट स्वीकृत भएको र चितवनमा जगतपुर, पार्वतीपुर, शुक्रनगर डीप ट्युववेल सिंचाई योजना अन्र्तगत १० वटा डिप ट्युववेल निर्माण गर्ने योजना बनाएको छ । महानगरका २१, २३, २४ र २५ वडामा १० वटा डिप ट्युववेल निर्माण गर्ने गरी डिपिआर स्वीकृत भई ९ करोड ३७ लाख बजेट स्वीकृत भएको कार्यालयका सुचना अधिकारी जैशीले बताए ।   

त्यस्तै चितवनको चैनपुर, पिठुवा, माधवपुर डीप ट्युववेल सिचाई योजना अन्तर्गत खैरहनी–४ रत्ननगर १४ र १५ मा १० वटा डिप ट्युववेल निमार्ण गर्नका लागी ११ करोड २२ लाख स्वीकृत भएको छ । त्यस्तै सिमलबस्ती, पदमपुर डिप ट्युवेल सिंचाई आयोजना अन्र्तगत १० वटा डीप ट्युववेल र लक्ष्मिनिया, कल्याणपुर,बरुवा डिप ट्युवेल सिंचाई आयोजना माडी नगरपालिका १, २ र ३ का लागी १० वटा डिप ट्युववेलको डिपिआर स्वीकृत भएको पनि उनको भनाई छ । 

बिगतमा केन्द्रिय सरकार मातहत रहेको कार्यालयले बांकी रहेका कामहरु मध्य केही अधुरा कामहरुलाई यो आवमा पुरा गर्ने जनाएको छ । केन्द्रिय सरकार अन्तर्गतका कामहरु पनि अहिले चालु अवस्थामा रहेको छ । कार्यालयले चितवनमा ३० बिगाहा देखी ४० बिगाहा क्षेत्रफललाई लक्षित गरि एक वटा डिप ट्युववेल निमार्ण गर्ने गरेको छ । मकवानपुरमा भन्दा चितवनमा बढि डिप ट्युववेल योजना सफल हुने भएकाले चितवनमा धेरै काम गरेको जैशीको भनाई छ । यस पटक चितवनको माडी नगरपालिकालाई बढि लक्षित गरिएको पनि उनले बताए । 

प्रतिक्रिया दिनुहोस