सुनको मुल्य तोलामा १३ सय रुपैयाँले गिरावट

सफल खबर संवाददाता

विहीबार, २३ पुस २०७७, ११ : ४४
सुनको मुल्य तोलामा १३ सय रुपैयाँले गिरावट

काठमाडौँ । सुनको मूल्यमा बिहीबार १३ सय रुपैयाँले गिरावट आएको छ । छापावाला सुनको मूल्य तोलामा एक हजार तीन सय रुपैयाँले घटेर ९५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार छापावाला सुनको मूल्य तोलाको ९६ हजार सात सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि एक हजार तीन सय रुपैयाँले घटेर ९४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुनको मूल्य तोलाको ९६ हजार दुई सय रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।
 

प्रतिक्रिया दिनुहोस