वासिङटन संसद भवनमा भएको हिंसामा परि मृत्यु हुनेको संख्या ४ पुग्यो

एजेन्सी

विहीबार, २३ पुस २०७७, १० : ५१
वासिङटन संसद भवनमा भएको हिंसामा परि मृत्यु हुनेको संख्या ४ पुग्यो

एजेन्सी । अमेरिकामा डोनाल्ड ट्रम्प समर्थकले बुधबार संसद भवनमा फैलाएको हिंसामा परि मृत्यु हुनेको संख्या चार पुगेको छ। मेट्रो डिसी प्रहरीले १ जना महिलाको गोली लागेर र अरू तीन जना (एक महिला र दुई पुरूष) को अन्य स्वास्थ्य समस्याका कारण मृत्यु भएको जनाएको छ ।

घटनामा संलग्न भएको भन्दै  सुरक्षाकर्मीले ५२ जनालाई पक्राउ गरेका छन्। तीमध्ये ४७ जनालाई कर्फ्यू उल्लंघनको आरोपमा समातिएको हो। अधिकारीहरूले संसद भवनभित्र दुईटा पाइप बम पनि फेला परेको जनाएका छन् ।

घटनाको भएको स्थान वासिङ्टन डिसीका मेयर मुरियल बोउजरले नगरमा १५ दिनका लागि आपतकाल लगाएका छन् । हिजो बुधबार नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनको इलेक्टोर कलेज मतको अन्तिम परिणाम सार्वजनिक गर्न कांग्रेसको बैठक बसिरहेका बेला ट्रम्प समर्थक सुरक्षा बार तोड्दै भवनभित्र पसेका थिए।

प्रतिक्रिया दिनुहोस