२७ वर्षीया महिलामाथि सामुहिक बलात्कार गर्ने ३ जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, १९ पुस २०७७, १३ : २३
२७ वर्षीया महिलामाथि सामुहिक बलात्कार गर्ने ३ जना पक्राउ

सांकेतिक तस्विर

ललितपुर । ललितपुरस्थित एक गेष्ट हाउसमा एक महिलामाथि सामुहिक बलात्कार भएको छ । ललितपुर महानगरपालिका–१७ ग्वार्खोस्थित लुम्बिनी गेष्ट हाउसमा २७ वर्षीया महिलामाथि जबरजस्ती करणी भएको हो ।

ती महिलालाई शुक्रबार दिउँसो ललाई फकाई प्रलोभनमा पारी २ जनाले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले सोही गेष्ट हाउसबाट तीन जनालाई शनिबार बिहान पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे बेथानचोक गाउँपालिका बस्ने ४३ वर्षीय अर्जुन प्रसाद तिम्लसिना लगायत २ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस