कैयौं हप्तासम्म आफ्नो मालिक्नीको शव कुर्ने बफादारी कुकुर

शनिबार, ०३ चैत्र २०७४, २० : १७
कैयौं हप्तासम्म आफ्नो मालिक्नीको शव कुर्ने बफादारी कुकुर

हंगेरी । आफ्नो मालिक्नीको प्राकृतिक मृत्यु भएको कैयौं हप्तासम्म शवलाई कुरेर बसेको एक कुकुरलाई निकै कमजोर अवस्थामा उद्धारकर्मीहरूले फेला पारेका छन् ।
हंगेरीको बुडापेस्टस्थित एक अपार्टमेन्टमा प्राकृतिक मृत्यु भएको ६० वर्षीया मालिक्नीको शवलाई कैयौं हप्तासम्म कुरेर बसेको हवानिज प्रजातिको ९ वर्षीय जाजा नाम गरेको कुकुरलाई कमजोर अवस्थामा उद्धारकर्मीहरूले फेला पारेका हुन् ।

बीबीसी’का अनुसार त्यहाँको एउटा घरमा मालिक्नीको मृत्यु भएको कैयौँ हप्तासम्म उनको कुकुर शवलाई कुरेर बसेको पाइएको छ । जाजा नाम गरेको कुकुरलाई निकै कमजोर अवस्थामा फेला पारिएको बुडापेस्टस्थित जनावर अधिकारसम्बन्धी एक अधिकारीले बताए । जाजाकी ६० वर्षीया मालिक्नीको प्राकृतिक मृत्यु भएको बताइएको छ ।
ती अधिकारीहरुले यस घटनालाई कुकुरको बफादारीको उदाहरण भएको बताएका छन् ।
समाचार संस्था रोयटर्सका अनुसार हप्तौंदेखि ती वृद्धा मालिक्नीलाई नदेखेपछि छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए । अपार्टमेन्टमा प्रहरीहरू छिर्दा कुकुर आफ्नी मालिक्नीको शवको छेउमा बसिरहेको थियो । प्रहरीहरुले भनेका छन्, ‘कैयौं हप्तादेखि आफ्नी मालिक्नीको शव कुरिरहेकोले जाजाको स्वास्थ्य निकै नाजुक छ ।’
राहत तथा उद्धारकर्मीहरूका अनुसार जाजा निकै कमजोर भइसकेको थियो र उभिन पनि सक्षम थिएन । कुकुरको अवस्थामा अहिले केही सुधार आएको बताइएको छ । त्यसले फेरि पुच्छर हल्लाउन थालेको उद्धार गर्ने संस्थाले जनाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस