एजेन्सी । एमसीसीसँग भएको सम्झौताबाट फाइदा लिन नेपालले सक्दो छिटो कार्यान्वयन गर्नुपर्नेमा अमेरिकाले जोड दिएको छ । नेपालस्थित अमेरिकी दूतावासका प्रवक्ता आना रिची–एलेनले सम्झौता अनुमोदन पछाडि सर्दा नेपाली जनताले पाउने फाइदामा ढिलाइ हुने बताइन् ।
‘एमसीसी अनुमोदन कोष खुला भइरहँदैन, त्यसैले सक्दो चाँडो सम्झौता संसदबाट अनुमोदन गरेर कार्यान्वयनमा लैजानुपर्छ’, उनले भनिन् । विद्युतीय प्रशारण लाइन निर्माण र सडक स्तरोन्नति गर्न एमसीसीबाट करिब ५५ अर्ब रुपैयाँ अनुदानका लागि भएको सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने सर्त छ ।
प्रधानमन्त्रीले संसद विघटन गरेपछि अनुमोदन अनिश्चित बनेको खबर कान्तिपुरले छापेको छ । अमेरिकाले पटक पटक एमसीसी छिटो पारित हुनुपर्नेमा जोठड दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १९ पुस २०७७, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको सहयोगलाई निरन्तरता दिने एमसीसीको निर्णय
एमसीसीबाट आगामी वर्ष करिब ६ अर्ब अनुदान आउने आशमा सरकार
एमसीसीबारे जेठ ७ सम्म अमेरिकाले छिनोफानो लगाउने
एमसीसीमा केही काम अघि बढाउन अमेरिकाले दियो अनुमति
अमेरिकी दूतावासले भन्यो : एमसीसीका गतिविधि अस्थायी रूपमा रोकिएका हुन्