सनराईज बैकले बचतकर्तालाइ ल्यायो स्वास्थय बिमाको सुबिधा

शनिबार, ०३ चैत्र २०७४, १९ : १२
सनराईज बैकले बचतकर्तालाइ ल्यायो स्वास्थय बिमाको सुबिधा

भरतपुरः सनराईज बैकले बचत खाता भएका खातावालाको लागि स्वास्थ्य बिमा योजना ल्याएको छ । बचतकर्ताले बैकमा गर्ने आर्थिक कारोवारको औसतको आधारमा यो सेवा लिन पाउने बैकले जनाएको छ । सनराईज बैक नारायणगढ शाखाले शनिबार बिमा बारे आफ्ना बचतकर्तालाई जानकारी गराएको छ ।

सनराईज बैकमा बचत खाता खोलेको दिन देखि नै बचतकर्ताको स्वास्थ्यमा समस्य देखिए पनि सुविधा लिन सक्ने सनराईज बैक नारायणगढका प्रबन्धक प्रकाश कस्तीले जानकारी दिनुभयो । बचतकर्ताले स्वास्थ्य बिमा मार्फत बर्षमा १ पटक स्वास्थ्य परिक्षण गर्न पाउने छन् ।

बचतकर्ताले एक बर्षको अवधीमा १ लाख रुपैयासम्मको उपचार गर्न सक्दछन् ।  हरेक बचतकर्तालाई दोब्बर सुरक्षा भन्ने नाराका साथ ल्याइएको योजना अनुसार बैकले यो सुविधा सुरु गरेको जनाएको छ । बैकले बचतकर्तालाई यस अघि दुर्घटना बिमाको सेवा दिदै आई रहेको थियो । प्रबन्धक कस्तीले सनराईज बैकको सहकार्य भएका अस्पतालमा उपचार गराउदा विषेश छुटको व्यबस्था गरिएको जानकारी दिनुभयो । यो सेवा सुचारु भए सगै ग्राहकहरुको स्वास्थ्यमा महत्वपुर्ण भुमिका खेल्ने बैकले विश्वास लिएको छ । 

प्रतिक्रिया दिनुहोस