आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शनिबार, १८ पुस २०७७, ०८ : २८
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार देशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । अहिले देशको पहाडी भू–भागमा मौसम सामान्यतया सफा छ भने तराईका केही स्थानमा हुसु–कुहिरो लागेको छ ।

शनिबार दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ । पश्चिमी वायुको प्रभावका कारण केही क्षेत्रको मौसम प्रभावित भएको हो । 

सुदूरपश्चिम प्रदेश तथा कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना छ । राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस