मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

सफल खबर संवाददाता

बुधबार, १५ पुस २०७७, १३ : ४५
मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित


काठमाडौँ । मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित भएको छ । 

प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ स्थगित भएको हो। रिट निवेदक अधिवक्ता लोकन्द्र ओलीका अनुसार रिटमाथिको सुनुवाइ भोलिलाई तोकिएको छ ।

हेर्न नभ्याउने भएपछि सुनुवाइ भोलि हुने भएको ओली बताउँछन् । संविधानको धारा ७७ (१) ले प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने र अहिलेका प्रधानमन्त्री प्रतिनिधिसभा सदस्यसमेत नभएको अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने रिटमा  जिकिर गरिएको छ। 

गत पुस १३ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकन्द्र ओली र अधिवक्ता केशरजंग केसीले रिट दर्ता गरेका थिए। प्रधानमन्त्रीले पुस १० नयाँ मन्त्री थपेका हुन् । प्रधानमन्त्रीले संसद विघटन गरेपछि प्रचण्ड नेपाल समूहका मन्त्रीले राजीनामा दिएपछि ओलीले राज्यमन्त्रीलगायत आठ जना मन्त्री थपेका थिए । 

प्रतिक्रिया दिनुहोस