नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष वामदेव गौतम आफूहरुसँगै रहेको बताएका छन् । गौतम र आफूबीच निरन्तर सम्पर्क रहेको भन्दै प्रचण्डले उनको जोड अझैपनि एकतातिर रहेकाले दुबैतिर नखुलेको मात्रै दावी गरे ।
‘उहाँले सकिन्छ भने मिलाउनु पर्छ भनेर लाग्नुभएको छ । हामीले पनि उहाँको चाहनालाई सम्मान गर्दै समर्थन गरेका छौं’, सोमबार एक टेलिभिजन अन्तर्वार्तामा प्रचण्डले भने, ‘वामदेवजीले भन्नुभएअनुसार उहाँले पहल गर्छु भन्नु भएको छ । उहाँ आफ्नै ढंगले सोच्ने नेता हुनुहुन्छ । हामी भन्दा टाढा हुनुहुन्न ।’
जनयुद्धकालदेखि नै आफ्नो वामदेवसँग विशेषखालको सम्बन्ध रहेको स्मरण गर्दै प्रचण्डले भने, ‘जसले हिजो युद्धलाई शान्तिमा रुपान्तरण गर्न भूमिका खेल्नु भएको छ । युद्ध मैदानमै गएर गणतन्त्रमा जाने लाइनमा हस्ताक्षर गराउनु भएको छ । उहाँ हामीबाट टाढा जाने कुरा छैन ।’
तर, प्रचण्डले तत्काल केपी ओलीसँग एकता सम्भव नभएको पनि बताए । ‘कमिजोरीप्रति पश्चाताप गर्नुभयो भने संसद् भंग भएकोमा पश्चाताप गर्नुभयो भने पार्टी एकता असम्भव छैन’, उनले भने, ‘ओलीबाट यो सम्भव छैन । राजनीति हो अब २÷४ वर्षपछि हुनसक्छ । अहिले सम्भव देख्दिनँ । केपीजीले इतिकासको कलंकको टीका लगाइसक्नुभयो’
प्रचण्डले ओलीले विघटन गरेको संसद् पुनर्स्थापना कुनैपनि हालतमा हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ पुस २०७७, २१ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म प्रधानमन्त्री बन्ने विषयमा केन्द्रित छैन : प्रचण्ड
रुकुम पूर्वलाई समाजवादी अभ्यासको आधार बनाउँछु: प्रचण्ड
राणाकालदेखि जेनजी आन्दोलनसम्मका सहिदलाई प्रचण्डको श्रद्धाञ्जली, भने– सपना अधुरै छ
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह
हरिबोलसहित नेतृत्वको तत्काल आकस्मिक बैठक बोलाउन प्रचण्डसँग माग