दुई सातादेखि माइतीघर मण्डलामा उखु किसान : शनिवार पनि प्रदर्शन, संघष जारी

सफल खबर संवाददाता

शनिबार, ११ पुस २०७७, १३ : ४९
दुई सातादेखि माइतीघर मण्डलामा उखु किसान : शनिवार पनि प्रदर्शन, संघष जारी

काठमाडौं । उखु किसानहरुले शनिबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । 

चिनी मिलबाट उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै किसानहरु शनिबार पनि सडकमा निस्किएका हुन् ।

विभिन्न जिल्लाबाट आएका उखु किसानहरुले दुई सातादेखि काठमाडौंको माइतीघर मण्डलामा उखुको बक्यौता रकम पाउनुपर्ने माग गर्दै संघर्ष गरिरहेका छन् ।

चिनी मिल उद्योगीहरुले सबै किसानको भुक्तानी नदिए सम्म आन्दोलन जारी राख्ने किसानहरुले बताएका छन् । चिनी उद्योगीहरुबाट उखु किसानहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ ।

सरकारले गत वर्ष चिनी उद्योगी र उखु किसानबीच एक महिना भित्रमा भुक्तानी दिने सम्झौता गराएको थियो । तर एक वर्ष सम्म चिनी उद्योगीबाट भुक्तानी नपाएपछि उखु किसानहरु यस वर्षपनि माइतीघर मण्डला आएर प्रदर्शन गर्न बाध्य भएका हुन् ।

प्रतिक्रिया दिनुहोस