एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सर्रिफकी छोरी मरियमले प्रधानमन्त्री इमरान खानको कार्यशैलीप्रति प्रश्न उठाएकी छिन् ।
‘यदी चुनौतीहरु सामना गर्न सक्नुुहुुन्न भने प्रधानमन्त्री पद किन सम्हाल्नुुभयो,’ बुधबार मरदान शहरमा आयोजित विपक्षी गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुुभमेन्टको सभाका क्रममा सम्बोधन गर्दै उनले यस्तो प्रश्न राखेकी हुन् । मरियम पाकिस्तान मुुस्लिम लिग–नवाज –पिएमएल–एन) की नेतृ हुन् । ‘चुनावभन्दा पहिले इमरानले भन्थें कि उनीसँग २ सयजना विद्धानको टिम छ । त्यो टिम अहिले कहाँ छ ? उनका मन्त्री आ–आफ्नो धुन बजाउँछन् , तर उनको २ सय जनाको टोली पाकिस्तानमा कहीं कतै देखिएको छैन ।’
इमरानले दिएएको एक बयानबारे प्रश गर्दै मरियमले भनेकी छिन्, ‘उनी देशको समस्या र विदेशी ऋणबारे जानकारी छैन भन्छन् । उनी यो पनि जान्दैंनन् कि सरकार कसरी चलाइन्छ र यसका लागि तयार पनि थिएनन् ।’
मरियमले एक दिनअघि पनि इमरानमाथि निशाना साँधेकी थिइन् । उनले भनेकी थिइन्, ‘पर्याप्त गृहकार्य नगरी कोही पनि सत्तामा आउनुु हुँदैन ।’ इमरान खानले पाकिस्तानको सत्ता सम्हालेको झन्डै २ वर्ष ६ महिना भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ११ पुस २०७७, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानमा बाढीका कारण ११ जनाको मृत्यु
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला
भारत र पाकिस्तानबीच आज वार्ता हुँदै
साउदी विदेशमन्त्रीले गरे भारत र पाकिस्तानसँग तनाव कम गर्नेबारे छलफल
पाकिस्तानद्वारा भारतविरुद्ध ‘अपरेसन बुनियान मरसुस’ सुरु
भारतले क्षेप्यास्त्र हान्यो, जवाफ दिन हाम्रो सेना तम्तयार: पाकिस्तान