एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सर्रिफकी छोरी मरियमले प्रधानमन्त्री इमरान खानको कार्यशैलीप्रति प्रश्न उठाएकी छिन् ।
‘यदी चुनौतीहरु सामना गर्न सक्नुुहुुन्न भने प्रधानमन्त्री पद किन सम्हाल्नुुभयो,’ बुधबार मरदान शहरमा आयोजित विपक्षी गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुुभमेन्टको सभाका क्रममा सम्बोधन गर्दै उनले यस्तो प्रश्न राखेकी हुन् । मरियम पाकिस्तान मुुस्लिम लिग–नवाज –पिएमएल–एन) की नेतृ हुन् । ‘चुनावभन्दा पहिले इमरानले भन्थें कि उनीसँग २ सयजना विद्धानको टिम छ । त्यो टिम अहिले कहाँ छ ? उनका मन्त्री आ–आफ्नो धुन बजाउँछन् , तर उनको २ सय जनाको टोली पाकिस्तानमा कहीं कतै देखिएको छैन ।’
इमरानले दिएएको एक बयानबारे प्रश गर्दै मरियमले भनेकी छिन्, ‘उनी देशको समस्या र विदेशी ऋणबारे जानकारी छैन भन्छन् । उनी यो पनि जान्दैंनन् कि सरकार कसरी चलाइन्छ र यसका लागि तयार पनि थिएनन् ।’
मरियमले एक दिनअघि पनि इमरानमाथि निशाना साँधेकी थिइन् । उनले भनेकी थिइन्, ‘पर्याप्त गृहकार्य नगरी कोही पनि सत्तामा आउनुु हुँदैन ।’ इमरान खानले पाकिस्तानको सत्ता सम्हालेको झन्डै २ वर्ष ६ महिना भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ११ पुस २०७७, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
विश्वकपमा आज तीन खेल : नामिबियालाई हराउनै पर्ने दबाबमा पाकिस्तान, समूह विजेता बन्ने दाउमा भारत
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा