सवारी चालकको अनलाइन फारम खुला

रासस

शुक्रबार, १० पुस २०७७, १८ : १०
सवारी चालकको अनलाइन फारम खुला

काठमाडौँ । यातायात व्यवस्था कार्यालयहरुले चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फारम मंगलबारदेखि खोल्‍ने तयारी गरेका छन् ।

यही पुस १४ गतेदेखि लागू हुने गरी विभागले सवारी चालक अनुमति पत्र लिन भरिने अनलाइन फारम खोलेको हो । १० महिनादेखि सवारी चालक अनुमपत्र लिन योग्य भएर पनि नयाँ फारम भरेर पक्रियामा सहभागी हुन नपाएकाहरूका लागि यसले महत्वपूर्ण राहत दिनेछ ।

यसका साथै विभागले स्वास्थ्यसम्बन्धी व्यवस्था मापदण्ड परिपालन गर्नेगरी अनलाइन फारम खुला गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस