काठमाडौं । पुर्वमन्त्री एवं नेकपाका नेता योगेश भट्टराईले सुर्य अंकित झण्डा आफूहरुको रहेको बताउँदै निर्वाचन आयोगलाई तलमाथि नगर्न खबरदारी गरेका छन् ।
बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर बुझाउन पुगेको नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड माधव नेपाल समूहको जुलुसलाई सम्बोधन गर्दै भट्टराईले उक्त कुरा बताएका हुन् ।
“खबरदार निर्वाचन आयोगले तलमाथि गर्न पाइँदैन । यो हँसिया हथौडाका झन्डा, सूर्यको झन्डा हाम्रो हो,” उनले बहुमत केन्द्रीय सदस्य आफूहरुसँग रहेको भन्दै सूर्य चुनाव चिह्न आफूहरुको भएको बताए ।
भट्टराईले आफूहरु संविधानको सर्वोच्चता, प्रतिनिधिसभा पुनर्गठनको पक्षमा रहेको पनि बताए । उनले संसद् जीवित रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई संसद् बैठक बोलाउन पनि आग्रह गरे ।
नेकपाभित्रको विवाद पार्टी फुटको अवस्थामा पुग्दा उनीहरुको विवाद अब चुनाव चिह्नमा हुने देखिएको छ । नेकपा केपी ओली समूहले पनि सूर्य चुनाव चिह्न आफूहरुले पाउने दाबी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० पुस २०७७, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन्: योगेश भट्टराई
मदन भण्डारीले फरक मत राख्नेलाई कहिल्यै दलाल भन्नुभएन: योगेश भट्टराई
योगेश भट्टराईको कटाक्ष : 'ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ'
योगेश भट्टराईले मागे ओलीको राजीनामा
योगेश भट्टराईको प्रश्न: कम्युनिष्ट आन्दोलनलाई वैचारिक बहसमा लैजाने कि विसर्जन गर्ने ?
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई