काठमाडौं । पुर्वमन्त्री एवं नेकपाका नेता योगेश भट्टराईले सुर्य अंकित झण्डा आफूहरुको रहेको बताउँदै निर्वाचन आयोगलाई तलमाथि नगर्न खबरदारी गरेका छन् ।
बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर बुझाउन पुगेको नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड माधव नेपाल समूहको जुलुसलाई सम्बोधन गर्दै भट्टराईले उक्त कुरा बताएका हुन् ।
“खबरदार निर्वाचन आयोगले तलमाथि गर्न पाइँदैन । यो हँसिया हथौडाका झन्डा, सूर्यको झन्डा हाम्रो हो,” उनले बहुमत केन्द्रीय सदस्य आफूहरुसँग रहेको भन्दै सूर्य चुनाव चिह्न आफूहरुको भएको बताए ।
भट्टराईले आफूहरु संविधानको सर्वोच्चता, प्रतिनिधिसभा पुनर्गठनको पक्षमा रहेको पनि बताए । उनले संसद् जीवित रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई संसद् बैठक बोलाउन पनि आग्रह गरे ।
नेकपाभित्रको विवाद पार्टी फुटको अवस्थामा पुग्दा उनीहरुको विवाद अब चुनाव चिह्नमा हुने देखिएको छ । नेकपा केपी ओली समूहले पनि सूर्य चुनाव चिह्न आफूहरुले पाउने दाबी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० पुस २०७७, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म अन्तिम मतदाता ! : योगेश भट्टराई
हाम्रो उम्मेदवारी व्यक्तिगत हुन्छ, प्यानल बनाउँदैनौँ’ : योगेश भट्टराई
परिस्थितिले हामी सबैको विवेकको परीक्षा लिइरहेको छ : योगेश भट्टराई
गम्भीर भएर विचार गर्न पार्टी अध्यक्षलाई निवेदन गर्छु : योगेश भट्टराई
ओलीले गर्नुभएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ : योगेश भट्टराई
राजनीतिलाई रोक्न खोजे वितण्डा निम्तिन सक्छ : योगेश भट्टराई