कहिले सुरु हुन्छ मिर्गौला प्रत्यारोपण ?

पत्रपत्रिकाबाट

शुक्रबार, १० पुस २०७७, ०७ : ०५
कहिले सुरु हुन्छ मिर्गौला प्रत्यारोपण ?

काठमाडां । कोरोना महामारीका कारण ठप्प भएको मिर्गौला प्रत्यारोपण सेवा अझै सुरु हुन सकेको छैन । संक्रमणका कारण सरकारी अस्पतालमा बन्द गरिएका अन्य उपचार सेवा क्रमशः सञ्चालनमा आए पनि मिर्गौला प्रत्यारोपण सेवा फेरि सुरु हुनेमा अन्योल छ ।

प्रत्यारोपण नहुँदा मिर्गौला डायलसिस गर्ने बिरामीको चाप बढ्नुका साथै प्रत्यारोपण गरेर बचाउन सकिने बिरामीको समेत मृत्यु भइरहेको चिकित्सक बताउँछन् ।

निःशुल्क प्रत्यारोपणका लागि सरकारले देशभर तीनवटा केन्द्र तोकेको छ– वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र । महामारीले यी तीनै केन्द्र प्रभावित हुँदा बिरामीले सास्ती खेपिरहेका छन् । वार्षिक ६० जना बिरामीको मिर्गौला प्रत्यारोपण हुने त्रिवि शिक्षण अस्पतालमा ९ महिनादेखि यो सेवा बन्द छ ।

सेवा सुरु हुन नसक्दा प्रत्यारोपणको तयारी गरेका बिरामी डायलसिस गरेर बसिरहेका छन् । पुराना बिरामीको प्रत्यारोपण हुन नसक्दा मिर्गौला फेल भएका नयाँ बिरामीलाई डायलसिसमा पालो दिनै नसकिएको अस्पतालका निर्देशक डा. दिनेश काफ्ले बताउँछन् ।कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस