वामदेव र बादलको गुट किन सहभागी भएनन् ?

पत्रपत्रिकाबाट

बुधबार, ०८ पुस २०७७, ०७ : ५१
वामदेव र बादलको गुट किन सहभागी भएनन् ?

काठमाडौँ । नेकपाका दुई अध्यक्षले छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक आह्वान गरिरहँदा दुई नेता वामदेव गौतम र रामबहादुर थापा बादल भने तेस्रो समूहको तयारीमा जुटेका छन् ।

भैँसेपाटीस्थित वामदेव गौतमको निवासमा मंगलबार दिउँसो गौतम र बादलले तेस्रो समूह बनाउने बारे छलफल गरेका हुन् । त्यसो त गौतम र बादल दुबै भेलामा उपस्थित भएका छैनन् । यद्यपि पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान बादललाई सरकारी निवासमा पुगेर भेटेका थिए । साथै बादललाई उनी निकटका एक दर्जन बढी नेता तथा कार्यकर्ताहरुले भेटेरै ओलीसँग नबस्न आग्रह गरेका थिए । 

गौतमले भने दुबै भेलाले पार्टी फुटाउने घोषणा गर्ने भएकाले आफू नेकपा विभाजनको पक्षमा नरहेको भन्दैआएका छन् । यस्तैमा मंगलबार दिउँसो अचानक गौतम र बादलले छुट्टै समूहबारे छलफल गरेको गौतम निकट नेकपाका एक केन्द्रीय सदस्यले जानकारी दिए । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस