युवराज खतिवडा अमेरिकाको राजदूतमा नियुक्त

सफल खबर संवाददाता

मंगलबार, ०७ पुस २०७७, १५ : ५८
युवराज खतिवडा अमेरिकाको राजदूतमा नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेकी छिन् । 

मन्त्री पदबाट हटेपछि पार्टीभित्र सहमती नै नभइ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट खतिवडालाई राजदूतमा सिफारिस गरेका थिए । सो सिफारिस संसदीय सुनुवाइ समितिबाट यसअघि नै अनुमोदन भएकोमा मंगलबार राष्ट्रपतिले नियुक्त गरेकी हुन् । 

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा खतिवडालाई अमेरिकाको आवासीय राजदूतमा नियुक्त गरेको उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस