दुई अर्ब रुपैयाँ घोटाला भएको आशंकामा एनसीसी बैंकमा सीआईबीको छापा

शुक्रबार, ०२ चैत्र २०७४, १२ : ५९
दुई अर्ब रुपैयाँ घोटाला भएको आशंकामा एनसीसी बैंकमा सीआईबीको छापा

काठमाडौं ।  बैंक मर्ज हुँदा करिब २ अर्ब रुपैयाँ घोटाला भएको आशंकामा सीआईबीले नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को केन्द्रीय कार्यालयमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ । शुक्रबार बोर्ड बैठक जारी रहेको वेला प्रहरीको टोलीले छापा मारेर अनुसन्धान थालेको हो । प्रहरीले केहीवेरमै घटना बारे विस्तृत विवरण सार्वजनिक गर्ने सीआईबीका प्रमुख डिआईजी पुष्कर कार्कीले बताए ।

स्रोतका अनुसार प्रहरीको टोलीले ३० भन्दा बढी अधिकारीलाई पक्राउ गरेको छ । उनीहरुको विवरण अहिले सार्वजनिक गरिएको छैन । एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट बैंक मर्जर भइसकेको छ । एपेक्सका त्यतिखेरका अध्यक्ष विष्णुप्रसाद धिताल र ब्यवस्थापनको मिलेमतोमा ऋण दूरुपयोग भएको थियो । धिताल अहिले एनसीसीमा पनि सदस्य छन् ।  दुई अर्ब ऋणमध्ये ४८ करोड रुपैयाँ भुक्तानी भइसकेको छ। यसअघि खोला र बगरको जग्गा धितो राखेर नक्कली ऋणी श्रृजना गरेर एपेक्स डेभलपमेन्ट बैंकले दुई अर्ब रुपैयाँको ऋण जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस