काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टी नफुटाउने बताएका छन् । बालुवाटारमा जारी केन्द्रिय कमिटि बैठकलाई सम्बोधन गर्दै उनले कसैले केही भने पनि आफुले पार्टी फुटाउन नचाहेको जिकिर गरेका छन् ।
बैठकमा बोल्दै उनले प्रचण्डलगायत कुनै पनि नेतामाथि कारबाही नगर्ने पनि स्पष्ट पारेका छन् । ओलीको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने– हामी पार्टी फुटाउँदैनौं, फुटाउन पनि चाहादैनौं । हामी कसैलाई कारबाही पनि गर्दैनौं । पार्टी एकता अझ सुदृढ बनाउने र महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने मेरो घोषणाा हो ।
बैठकमा स्वागत मन्तव्य व्यक्त गर्दै स्थायी कमिटी सदस्य टोपवहादुर रायमाझीले विधि र विचारमा केन्द्रित हुँदै सरकारका कामलाई पार्टीमार्फत् जनतामा लैजान र घेराबन्दी भएकोले त्यसलाई जोगउनुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ पुस २०७७, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली