कोरोना खोपमा नेपाललाई प्राथमिकता

रासस

मंगलबार, ०७ पुस २०७७, ०७ : २८
कोरोना खोपमा नेपाललाई प्राथमिकता

काठमाडौँ । भारतको सबैभन्दा ठूलो खोप उत्पादक सेरम इन्स्टिच्युटले कोरोना भाइरसविरुद्धको खोप आपूर्तिका लागि नेपाललाई प्राथमिकतामा राखेको जनाएको छ ।

सेरमका संयुक्त निर्देशक प्रकाश सिंहले सोमबार भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यसँगको भेटमा कम्पनीले नेपालका लागि समेत खोप उत्पादन गर्ने योजना बनाएको बताएका छन् ।

‘सेरमले कोरोना खोप आपूर्ति गर्ने सन्दर्भमा नेपाल, बंगलादेश, भुटानलगायत मुलुकलाई प्राथमिकता राखेको रहेछ,’ राजदूत आचार्यले भने । कान्तिपुर दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस