रकम भुक्तानीको जिम्मा सरकारले नलिदासम्म आन्दोलन रोकिदैन : उखु किसान

सफल खबर संवाददाता

सोमबार, ०६ पुस २०७७, १३ : ५९
रकम भुक्तानीको जिम्मा सरकारले नलिदासम्म आन्दोलन रोकिदैन : उखु किसान

file photo

काठमाडौं । चिनी मिलबाट आफुहरुले पाउनुपर्ने भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिदासम्म आन्दोलन जारी राख्ने उखु किसानहरुले बताएका छन् । 

उखुको बक्यौता रकम नपाएको भन्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका उखु किसानहरुले चिनी मिल सञ्चालकबाट बक्यौता रकम भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिए सम्म आन्दोलन जारी राख्ने बताएका हुन् ।

सरकारसँग आज (सोमबार) दिउसो २ बजे छलफल हुन लागेको र किसानहरुले उखुको बक्यौता रकम भुक्तानी दिलाईदिने जिम्मेवारी लिन आग्रह गर्ने बताएका छन् । चिनी मिल सञ्चालक र सरकारले पटक पटक झुटो आश्वासन दिएकाले यसपटक सरकारले मिति तोकेर भुक्तानीको जिम्मा लिए आन्दोलनको स्वरुप फेर्न सकिने किसानहरुले बताएका हुन् ।

उखु किसान संघर्ष समितिका । सचिव गोपाल यादवले किसानको खातामा पैसा नआउँदासम्म सरकारको भनाईमा ढुक्क हुन नसक्ने पनि बताउनुभयो । उहाँले सरकारले मिति तोकेर भुक्तानी दिलाईदिने जिम्मेवारी र्लि आन्दोलनको स्वरुप परिवर्तन गर्न सकिने बताए
 

प्रतिक्रिया दिनुहोस