काठमाडौं । उखु किसानको आन्दोलनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले एक्यवद्धता जनाएको छ ।
नेमकिपाका सांसद प्रेम सुवालले आइतबार माइतीघर मण्डलामा पुगेर उखु किसानको आन्दोलनप्रति एक्यवद्धता जनाएका हुन् ।
सर्लाहीबाट काठमाडौं आएका किसानहरु एकसाता याता माइतीघर मण्डलामा उद्योगीहरुबाट पाउनुपर्ने भुक्तानी दिलाईदिन माग गर्दै आन्दोलनमा उत्रिएका छन् । आन्दोलनलाई समर्थन गर्न पुगेका सांसद सुवालले उखु किसानलाई तत्काल भुक्तानी दिलाईदिने काम सरकारले गर्नुपर्ने बताए । बर्षौंदेखि देखिदै आएको भुक्तानी नहुने समस्याको दिर्घकालिन समाधान गर्नुपर्ने पनि नेता सुवालले बताए ।
किसानहरुले गत वर्ष पुस १८ गते भएको सम्झौता बमोजिम भुक्तानी दिलाईदिन माग गर्दै आन्दोलनमा बसेका हुन् । गतवर्ष पुस १८ गते सरकार, उद्योगी र उखु किसानबीच भएको सम्झौता अनुसार गत वर्षकै माघ ७ गते भित्र भुक्तानी दिने उल्लेख छ । तर चिनी मिल सञ्चालकहरुले एक वर्ष सम्म पनि भुक्तानी नदिएपछि किसानहरु काठमाडौं आई आन्दोलनमा उत्रिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ पुस २०७७, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उखु किसानका माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण
उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन
उखु किसानलाई अनुदान निकासा, बिहीवारसम्म किसानको खातामा रकम जाने
उखु किसानद्वारा अनुदान माग
समयमै भुक्तानी पाएपछि उखु किसानलाई राहत