क्रिसमस र नयाँ वर्षमा देशव्यापी लकडाउन गर्ने  इटली सरकारको तयारी

एजेन्सी

शनिबार, ०४ पुस २०७७, २० : ३६
क्रिसमस र नयाँ वर्षमा देशव्यापी लकडाउन गर्ने  इटली सरकारको तयारी

काठमाडौँ । कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रणका लागि क्रिसमस र नयाँ वर्षमा देशव्यापी लकडाउन गर्ने आदेश इटली सरकारले दिएको छ । क्रिसमस र नयाँ वर्षमा सार्वजनिक बिदा हुने भएपनि अत्यावश्यक कामबाहेक यात्रा गर्न पाइनेछैन । त्यस्तै, रेस्टुरेन्ट र बारहरु बन्द हुनेछन् । 

इटालीका प्रधानमन्त्री जुसेप्पे कोन्टेले यसलाई ‘कठिन निर्णय’ भनेका छन् । “हाम्रा विज्ञहरू क्रिसमसमा संक्रमण वृद्धी हुनेछ भन्ने चिन्तामा थिए । त्यसैले हामीले यस्तो निर्णय लिनुुप¥यो,’ कोन्टेले भने । इटलीमा ६८ हजारभन्दा धेरैको कोरोनाकै कारण ज्यान गइसकेको छ, यो युरोपकै सर्वाधिक हो । कोन्टेले यसै महिनाको अन्त्यमा खोप लगाउने कार्यक्रम सुरु हुने र महामारीको काल रात अन्त्यको सुरुवात हुने बताए । 

‘रेड जोन’ नाम दिइएको यस कडा प्रतिबन्ध इटलीभर तीन चरणमा लागुु हुनेछ । पहिलो चरणमा २४ देखि २७ डिसेम्बर, दोस्रो चरणमा ३१ डिसेम्बरदेखि ३ जनवरी र त्यसपछि ५ देखि ६ जनवरीमा प्रतिबन्ध हुनेछ । यस अवधिमा मानिसहरूले अत्यावश्यक काम र स्वास्थ सम्बन्धी गतिविधिका  लागि मात्रै घर छाड्न पाउने कोन्टेले बताए । यद्यपी, यस अवधिमा मानिसहरुले १४ वर्षभन्दा कम उमेरका बाहेक अधिकतम दुुई पाहुनालाई घर बोलाउन पाउनेछन् । राती १० बजेदेखि बिहान ५ बजेसम्म कफ्र्युु हुनेछ । 

नेदरल्यान्ड, जर्मनी, अस्ट्रिया, स्विडेन, स्लोभाकिया, बेल्जियम, स्पेन, पोर्चुुगल, लक्जम्वर्गलगायत युरोपेली देशहरुले पनि क्रिसमस र नयाँ वर्षमा सर्वसाधारणको सम्भावित भ्रमणलाई रोक्न नियममा कडाई गरेका छन् ।

प्रतिक्रिया दिनुहोस