काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित अध्यागमन अधिकृत, सहसचिव र उपसचिव गरी १८ को सरुवा गरेको छ । आज गृह मन्त्रीस्तरीय निर्णयअनुसार उहाँहरुलाई पदस्थापन, सरुवा तथा काज सरुवा गरिएको हो ।
मन्त्रालयले दिएको जानकारीअनुसार गृह मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौलालाई ललितपुर, धनकुटाका प्रजिअ केशवप्रसाद विमलीलाई महोत्तरी, गृहका सहसचिव वासुदेव दाहालाई धनकुटा, रामेछापका प्रजिअ रुद्रादेवी शर्मालाई गुल्मी, पाँचथरका प्रजिअ अर्जुनकुमार शर्मालाई रामेछापको प्रजिअमा र खोटाङका प्रजिअ शालिग्राम शर्मा पौडेललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
ललितपुरका प्रजिअ नारायणप्रसाद भट्ट सचिवमा बढुवा भएर बाग्मती प्रदेश कार्यालयमा पठाइएकाले निरौलालाई ललितपुरमा सरुवा गरिएको हो । यस्तै महोत्तरीका प्रजिअ कृष्णबहादुर कटुवाललाई कारागार कार्यलय झुम्का, सुनसरी पठाइएको छ भने भोजपुरका प्रजिअ वसन्तराज पुरीलाई इलाका प्रशासन कार्यालय उदयपुरको कटारी पठाइएको छ ।
अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत कृष्णप्रसाद भण्डारीलाई भोजपुरको प्रजिअ, गृल्मीका प्रजिअ भरतकुमार शर्मालाई गृह मन्त्रालय र डोल्पाका प्रजिअ सुरेश सुनारलाई अध्यागमन कार्यालयमा सरुवा गरिएको छ । गृह मन्त्रालयका उपसचिव माधवप्रसाद ढकाललाई डोल्पा, मृगुका प्रजिअ कृष्णकुमार निरौलालाई सिरहा र गृह मन्त्रालयका उपसचिव मित्रलाल शर्मालाई खोटाङको प्रजिअमा सरुवा गरिएको छ ।
इलाका प्रशासन कार्यालय कटारीका उपसचिव चन्द्रबहादुर सिवाकोटीलाई मुगु, गृह मन्त्रालयका उपसचिव पुण्यप्रसाद ढकाल र जयराज भण्डारीलाई क्रमशःपाँचथर र तेह्रथुमको प्रजिअमा तथा तेह्रथुमका प्रजिअ विश्वराज न्यौपानेलाई गृह मन्त्रालयमा सरुवा गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०३ पुस २०७७, २० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निष्पक्ष र निर्भीक भई आचारसंहिता अनुगमन गर्न सहायक प्रजिअलाई गृह मन्त्रालयको निर्देशन
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल
सीडीओहरूलाई गृह मन्त्रालयको १० बुँदे सर्कुलर
गृह मन्त्रालयले ओली र दाहालका मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता बोलायो
अध्यागमन र भिजिट भिसा प्रकरणको प्रतिवेदन गृह मन्त्रालयमा पठाउने निर्णय
विरोधका कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट गर्न गृह मन्त्रालयको आग्रह