काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित अध्यागमन अधिकृत, सहसचिव र उपसचिव गरी १८ को सरुवा गरेको छ । आज गृह मन्त्रीस्तरीय निर्णयअनुसार उहाँहरुलाई पदस्थापन, सरुवा तथा काज सरुवा गरिएको हो ।
मन्त्रालयले दिएको जानकारीअनुसार गृह मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौलालाई ललितपुर, धनकुटाका प्रजिअ केशवप्रसाद विमलीलाई महोत्तरी, गृहका सहसचिव वासुदेव दाहालाई धनकुटा, रामेछापका प्रजिअ रुद्रादेवी शर्मालाई गुल्मी, पाँचथरका प्रजिअ अर्जुनकुमार शर्मालाई रामेछापको प्रजिअमा र खोटाङका प्रजिअ शालिग्राम शर्मा पौडेललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
ललितपुरका प्रजिअ नारायणप्रसाद भट्ट सचिवमा बढुवा भएर बाग्मती प्रदेश कार्यालयमा पठाइएकाले निरौलालाई ललितपुरमा सरुवा गरिएको हो । यस्तै महोत्तरीका प्रजिअ कृष्णबहादुर कटुवाललाई कारागार कार्यलय झुम्का, सुनसरी पठाइएको छ भने भोजपुरका प्रजिअ वसन्तराज पुरीलाई इलाका प्रशासन कार्यालय उदयपुरको कटारी पठाइएको छ ।
अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत कृष्णप्रसाद भण्डारीलाई भोजपुरको प्रजिअ, गृल्मीका प्रजिअ भरतकुमार शर्मालाई गृह मन्त्रालय र डोल्पाका प्रजिअ सुरेश सुनारलाई अध्यागमन कार्यालयमा सरुवा गरिएको छ । गृह मन्त्रालयका उपसचिव माधवप्रसाद ढकाललाई डोल्पा, मृगुका प्रजिअ कृष्णकुमार निरौलालाई सिरहा र गृह मन्त्रालयका उपसचिव मित्रलाल शर्मालाई खोटाङको प्रजिअमा सरुवा गरिएको छ ।
इलाका प्रशासन कार्यालय कटारीका उपसचिव चन्द्रबहादुर सिवाकोटीलाई मुगु, गृह मन्त्रालयका उपसचिव पुण्यप्रसाद ढकाल र जयराज भण्डारीलाई क्रमशःपाँचथर र तेह्रथुमको प्रजिअमा तथा तेह्रथुमका प्रजिअ विश्वराज न्यौपानेलाई गृह मन्त्रालयमा सरुवा गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०३ पुस २०७७, २० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिउँ पहिरोपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन गृह मन्त्रालयको आग्रह
कालीबहादुर खामका केटाहरूबाट असुरक्षा भएको भन्दै गृहमन्त्रीसमक्ष रमिलाको गुनासो
विदेशी नागरिकको सूक्ष्म निगरानी गर्न सबै सिडिओलाई गृहको परिपत्र
रुसी सेनामा रहेका नेपालीको जीवन रक्षा माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण
ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुल्ला गर्नेबारे नयाँ नियम लागू
गृहमन्त्रीलाई सदनमा बोल्न नदिएर काँग्रेसले अराजकता मच्चायो : एमाले