विवाहपञ्चमीलाई लक्षित गर्दै जनकपुरको जानकी मन्दिर दुलही झैं सिंगारियो

सफल खबर संवाददाता

शुक्रबार, ०३ पुस २०७७, १२ : १९
विवाहपञ्चमीलाई लक्षित गर्दै जनकपुरको जानकी मन्दिर दुलही झैं सिंगारियो

जनकपुर । विवाहपञ्चमीका अवसर पारेर जनकपुरको जानकी मन्दिरलाई दुलही झैं सिंगारिएको छ । आगामी शनिबार परेको विवाहपंचमीको उत्सवलाई लिएर जनकपुरमा यतिबेला सप्ताहव्यापी महोत्सव नै चलिरहेके छ । चलिरहेको छ ।

विवाह पंचमीलाई लक्षित गर्दै मन्दिर देखि नगरेको विभिन्न चोक बजारमा सरसफाई तथा सिंगारपटार गरिएको छ । मन्दिरलाई रंगीविरंगी विद्युतीय सजावट ंिसंगारिएकाले रातको समयमा मन्दिर झनैं आकर्षक बनेको छ ।  मन्दिरमा पण्डाल, फूलमाल र विद्युतीय बत्ती जडान गरी जानकी मन्दिरलाई दुलहीजस्तै सिँगारिएको छ ।

जानकी मन्दिरले बर्सेनि आयोजना गर्ने विवाह महोत्सवमा भव्य मेला लाग्ने गर्छ । तर यस वर्ष अयोध्याबाट जन्ती नआउने भएपछि खल्लो भएको छ । विवाह पञ्चमीका दिन परम्परादेखि नै यहाँ मिथिला संस्कृतिअनुरूप राम र सीताको वैवाहिक कार्यक्रम आयोजना गरिँदै आएको छ । सोही दिनका लागि जानकी मन्दिर परिसरमा रामलीला देखाइन्छ ।

यसपालि कोभिड–१९ का कारण नेपाल–भारत सीमा बन्द भएकाले भारतको अयोध्याबाट साधुसन्त विवाह महोत्सवमा सहभागी नहुने भएका हुन् । विवाह महोत्सवअन्तर्गत पहिलो दिन नगरदर्शन कार्यक्रम, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष–यज्ञको कार्यक्रम र बिहीबार चौथो दिन तिलकोत्सव, पाँचौं दिन मटकोर, छैटौं दिन स्वयंवर तथा विवाह र सातौं दिन राम कलेवा आयोजना गरिन्छ । विवाहपंचमीमा यहां ठुलो मेला लाग्ने गरेको छ । भगवान राम र सिताको विवाह उत्सव हेर्न लाखौंको संख्यामा श्रद्धालुहरु ओईरिने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस