काठमाडौँ । गण्डकी प्रदेशमा आज कास्की र म्याग्दी जिल्लामा गरी दुई जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार ओखलढुङ्गा घर भई पोखरा महानगरपालिका– १६ लामाचौर बस्ने ४५ वर्षीय सार्कीमान मगरको बाथरुममा लडेका कारण मृत्यु भएको हो ।
बाथरुममा अचानक लड्न गई घाइते भएका उहाँको उपचारका क्रममा फिस्टेल अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।
म्याग्दी जिल्लास्थित धौलागिरि गाउँपालिका वडा नं ३ मुनास्थित दरखोलाका ४२ वर्षीय केशबहादुर बुढा पानीमा मृतावस्थामा भेटिएका हुन् । यसैबीच कास्की र गोरखामामा भएको छुट्टाछुट्टै कुटपिट घटनामा तीन जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०२ पुस २०७७, २० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु