सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

सफल खबर संवाददाता

विहीबार, ०२ पुस २०७७, १२ : १९
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ ।

बुधबार तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ९३ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार तेजावी सुन बिहीबार तोलामा ९३ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको हो ।
 

प्रतिक्रिया दिनुहोस