काठमाडौं । ऋणको अग्रिम भुक्तानी र एउटा बैंकबाट अर्कोमा कर्जा सार्दा (स्वाप गर्दा) बैंक तथा वित्तीय संस्थाले उठाउने शुल्क बढेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ती शुल्कमा सीमा तोकेको राष्ट्र बैंकले तीन महिनामै शुल्क बढाएको हो ।
नयाँ व्यवस्थाअनुसार कर्जाको अग्रिम भुक्तानी र स्वाप गर्दा ग्राहकले बैंक तथा वित्तीय संस्थालाई सेवा शुल्कको २० देखि शतप्रतिशतसम्म शुल्क तिर्नुपर्नेछ । मौद्रिक नीतिको त्रैमासिक समीक्षामा घोषित व्यवस्था कार्यान्वयनका लागि बुधबार राष्ट्र बैंकले जारी गरेको निर्देशनमा यस्तो उल्लेख छ ।
जसमा कर्जा प्रवाह भएको दुई वर्षभित्र अग्रिम भुक्तानी गरे सेवा शुल्कको शतप्रतिशतसम्म, दुई वर्षदेखि पाँच वर्षभित्र चुक्ता भए सेवा शुल्कको अधिकतम ५० प्रतिशत र पाँच वर्षपछि कर्जा चुक्ता भए सेवा शुल्कको अधिकतम २० प्रतिशतसम्म सेवा शुल्क तिर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि अग्रिम भुक्तानीमा सेवा शुल्कको अधिकतम २० प्रतिशत मात्र शुल्क लिन नपाउने व्यवस्था थियो । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०२ पुस २०७७, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेठमा ३२ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपियो
सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब नाघ्यो
पहिलो चौमासिकमा थपियो ८४ अर्ब सरकारी ऋण
पोखरा विमानस्थलका लागि लिइएको ऋणलाई अनुदानमा बदल्न चीनलाई अर्थमन्त्रीको आग्रह