काठमाडौंमा तत्काल स्कुल नखुल्ने

पत्रपत्रिकाबाट

विहीबार, ०२ पुस २०७७, ०८ : १६
काठमाडौंमा तत्काल स्कुल नखुल्ने

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालय खुल्ने क्रम बढिरहेका बेला महानगरले भने तत्काल नखोल्ने निर्णय गरेको हो ।

महानगरपालिका शिक्षा विभागले बुधबार जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरूसँग गरेको छलफलपछि यस्तो निष्कर्ष निकालेको हो । 

छलफलमा सहभागी महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले विदेशका धेरै सहरमा पनि कोभिडका कारण विद्यालय बन्द रहेको स्मरण गराउँदै अहिले काठमाडौंमा कोरोना नियन्त्रणमा नआइसकेकाले हतार गर्न नहुनेमा जोड दिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पनि अहिले जाडाको मौसमसमेत रहेको भन्दै यस्तो बेलामा अनलाइन कक्षाहरूलाई प्रभावकारी बनाएर केही समयपछि मात्रै खोल्दा राम्रो हुने बताए । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस