खानेपानी मन्त्री बिना मगरको नाममा नक्कली ट्वीटर एकाउण्ट, भ्रममा नपर्न निजी सचिवालयको अपिल

सफल खबर संवाददाता

बुधबार, ०१ पुस २०७७, ११ : ५९
खानेपानी मन्त्री बिना मगरको नाममा नक्कली ट्वीटर एकाउण्ट, भ्रममा नपर्न निजी सचिवालयको अपिल

फाइल तस्विर

काठमाडौं । खानेपानी मन्त्री बिना मगरको नामबाट नक्कली ट्वीटर एकाउण्ट बनाई अनावश्यक विषयहरु ट्वीटर मार्फत पोष्ट गरिएको सम्बन्धमा मन्त्रीको सचिवालयले भ्रमित नहुन सबैमा अपिल जारी गरेको छ ।

ट्वीट गरिएका कतिपय विषयले आम मानिसमा भ्रम सिर्जना गरेकाले यस्तो नक्कली एकाउण्ट बन्द गरिदिन नेपाल प्रहरीको साइबर ब्युरोमा अनुरोध गरिएको मन्त्रीको निजी सचिव गुणराज श्रेष्ठद्वारा जारी गरिएको अपिलमा भनिएको छ ।

‘मन्त्रीज्यूको नाममा खोलिएको नक्कली ट्वीटर एकाउण्ट @magarbina123 बाट अनावश्यक विषयहरु ट्वीट गरी सञ्चार जगत र आम नागरिकहरुमा भ्रम सिर्जना गरिएकाले उक्त एकाण्ट बन्द गर्न प्रहरीमा अनुरोध गरिसकिएको छ’ निजी सचिव श्रेष्ठले भने ।

‘उक्त नक्कली ट्वीटरमा पोष्ट गरिएका सामग्रीबाट भ्रमित नहुन सञ्चारकर्मी एवं सम्पूर्ण नेपालीहरुमा अनुरोध गर्दछौं’ श्रेष्ठद्वारा जारी गरिएको अपिलमा भनिएको छ ।  

प्रतिक्रिया दिनुहोस