कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ३० मंसिर २०७७, १७ : ४३
कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा एक हजार सात सय ३० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म पीसीआर गरिएकामध्ये नौ सय ३६ जनाको नतिजा पोजेटिभ आएको छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा एक हजार नौ सय ९६ जना निको भएका छन् । यो सँगै देशमा कोरोना संक्रमितको संख्या दुई लाख ५० हजार एक सय ८० पुगेको छ ।
 

प्रतिक्रिया दिनुहोस