काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले ३५ औं प्रज्ञा सभा आयोजना गरेको छ । प्रतिष्ठान स्थापनाको ६२ औं वर्ष पूरा गरी ६३ औं वर्ष प्रवेश गरेको अवसरमा प्रज्ञा सभा आयोजना गरिएको हो ।
प्रज्ञा सभालाई सम्बोधन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अहिलेको विश्वव्यापीकरणले संस्कृति, सहित्य र इतिहासहरुमा अतिक्रमण भइराखेको बताए । उनले विद्धान प्राज्ञहरुको मेहनेत र कोसिसले देशको इतिहास, संस्कृतिको संरक्षण गर्ने विश्वास समेत व्यक्त गरे । नेपालीपन र नेपाली इतिहासको जगेर्ना गर्ने काममा प्राज्ञहरुको भूमिका महत्वपूर्ण हुने भएकाले यसै क्षेत्रमा कलम चलाउन उनले आग्रह गरे ।
नेपालको भाषा, साहित्य, संस्कृति, सभ्यता र भूगोल कुनैपनि समृद्ध मुलुकहरुको भन्दा कम नभएको मन्त्री भट्टराईले बताए । प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवको अवसरमा सोमबार राष्ट्रिय कविता महोत्सव समेत आयोजना गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० मंसिर २०७७, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘राजनीतिमा बाह्य चुनौती बढिरहेको छ’: योगेश भट्टराई
म अन्तिम मतदाता ! : योगेश भट्टराई
हाम्रो उम्मेदवारी व्यक्तिगत हुन्छ, प्यानल बनाउँदैनौँ’ : योगेश भट्टराई
परिस्थितिले हामी सबैको विवेकको परीक्षा लिइरहेको छ : योगेश भट्टराई
गम्भीर भएर विचार गर्न पार्टी अध्यक्षलाई निवेदन गर्छु : योगेश भट्टराई
ओलीले गर्नुभएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ : योगेश भट्टराई