प्रमोद खरेलको  ‘म छु बिदेशमा’ गीत सार्वजनिक

सफल खबर संवाददाता

सोमबार, २९ मंसिर २०७७, १२ : ०५
प्रमोद खरेलको  ‘म छु बिदेशमा’ गीत सार्वजनिक

काठमाडौं । म्युजिक भिडीयो ‘म छु बिदेशमा’ सार्वजनिक भएको छ ।

प्रमोद खरेलको स्वर रहेको गीतमा गौरब पहारी र सृष्टि खड्का फिचर्ड छन् । सार्वजनिक गीतमा सरोज पोखरेलको संगीत र अम्बिका गुरुङको शब्द सुन्न सकिन्छ ।

गीतलाई एरेन्ज भने उदयराज पौडेलले गरेका हुन् ।   निसान कश्यपले निर्देशन र सम्पादन गरेको म्युजिक भीडीयोले परदेशीको जोडीको प्रेमकथा देखाईएको छ ।  

म्युजिक भिडीयोमा ज्ञानेन्द्र शर्माको छायाँकन र नन्दा अधिकारीको मेकअप देख्न सकिन्छ ।  

link :

https://youtu.be/NMqc8sq6KGA

प्रतिक्रिया दिनुहोस