भरतपुर महानगरपालिकामा कोरोना सङ्क्रमित छ हजार नाघे

रासस

आइतबार, २८ मंसिर २०७७, १९ : ३६
भरतपुर महानगरपालिकामा कोरोना सङ्क्रमित छ हजार नाघे

काठमाडौं । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ७१ जना पुगेको छ । यहाँ रहेका सातवटा स्थानीय तहमध्ये सङ्क्रमित भरतपुर महानगरपालिकामा सबैभन्दा बढी रहेका छन् ।

महानगरपालिकामा चार हजार ३१५ जना, खैरहनी नगरपालिकामा ३९१ जना, माडी नगरपालिकामा ११३ जना, रत्ननगर नगरपालिकामा ७२९ जना सङ्क्रमित रहेका छन् । कार्यालय प्रमुख दीपक तिवारीका अनुसार राप्ती नगरपालिकामा ३०६ जना, कालिका नगरपालिकामा १८१ जना र इच्छाकामना गाउँपालिकामा ३६ जना सङ्क्रमित भेटिएका हुन् । 

जिल्लामा भएका सङ्क्रमितमध्ये पाँच हजार ६४६ जना निको भई घर फर्किएका छन् भने ९८ जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

अहिले जिल्लामा रहेका ३२७ जना सक्रिय सङ्क्रमितमध्ये सार्वजनिक आइसोलेशनमा २७ जना, अस्पतालको आइसोलेशनमा २५ जना र होमआइसोलेशनमा २७५ जना रहेका छन् । जिल्लामा भेटिएका सङ्क्रमितमध्ये तीन हजार ६२९ जना पुरुष र दुई हजार ४४१ जना महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस