विराटनगरमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २८ मंसिर २०७७, ११ : २८
विराटनगरमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु

मोरङ । विराटनगरमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । यहाँ स्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस सङ्क्रमित गौरादह–५ की ५५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ । 

अस्पतालका अनुसार शनिबार राति उनको करिब साढे ११ बजे मृत्यु भएको हो। अस्पतालका प्रबन्धक नारायण दाहालले महिलामा श्वासप्रश्वासमा समस्या, ज्वरोको समस्या देखिएको थियो ।

मंसिर २१ गते उपचारका लागि भर्ना गर्ने क्रममा संकलन गरिएको स्वाबको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको दाहालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस