कोरोनाको कारण थप १५ जनाको मृत्यु, ८९९ जना संक्रमित थपिए, १ हजार ३५९ जना डिस्चार्ज

सफल खबर संवाददाता

शनिबार, २७ मंसिर २०७७, १६ : २९
कोरोनाको कारण थप १५ जनाको मृत्यु, ८९९ जना संक्रमित थपिए, १ हजार ३५९ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाका कारण थप १५ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ८९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४७ हजार ५९३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १ हजार ३ सय ५९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ। हाल देशभर ११ हजार ६ सय ७३ जना सक्रिय संक्रमित छन् ।


 

प्रतिक्रिया दिनुहोस