तीव्र गतिमा तौल घटाउन सुत्नुअघि पिउनुस् यी ३ पेयपदार्थ

एजेन्सी

शनिबार, २७ मंसिर २०७७, ११ : ४८
तीव्र गतिमा तौल घटाउन सुत्नुअघि पिउनुस् यी ३ पेयपदार्थ

काठमाडौं । आजभोलि मानिसमा खानपान गर्ने शैली परिवर्तन भएको छ ।

खानपानमा आएको परिवर्तनसँगै रोग लाग्ने सम्भावना पनि बढ्दै गएको पाइन्छ । खानेकुराका कारण तौल बढ्ने समस्याबाट पनि धेरैलाई सताएको पाइन्छ । साथै, तौल बढेसँगै मधुमेह, थाइराइड र उच्च रक्तचापको समस्याबाट पनि गुज्रिरहेका हुन्छन् । त्यसैले तौललाई सन्तुलनमा राखेर स्वस्थ र फिट हुन जरुरी छ ।


मेथीको पानी
तौल घटाउनका लागि सबैभन्दा पहिलो उपाय मेथीको पानी हो । हरेक रात सुत्नुभन्दा पहिले भिजाएको मेथीको पानी पिउनुपर्छ । यसले शरीरलाई फिट राख्न मद्दत गर्छ । र, पूरै शरीरलाई डिटोक्स पनि गराउँछ । यसका लागि एक गिलास पानीमा एक चम्चा मेथी ३ देखि ४ घण्टा भिजाउने र उक्त पानीलाई छानेर सुत्नुअघि पिउने गर्नुपर्छ ।


घिउकुमारीको जुस
घिउकुमारीको जुस थुप्रै प्रकारका रोगको औषधिको रुपमा लिइन्छ । यसले शरीरमा जम्मा भएका बोसोलाई सजिल्यै बाहिर निकाल्छ । यो बजारमा पनि सजिल्यै पाइन्छ । घरमा पनि घिउकुमारीको विरुवा सजिल्यै उमार्न सकिन्छ । घिउकुमारीको पातलाई काटेर भित्रको भाग निकाल्ने र एक गिलास पानीमा मिलाएर सुत्नुअघि पिउने गर्नुपर्छ ।


बेसार दुध
दुधमा बेसार मिसाएर पिउँदा विभिन्न प्रकारका भाइरल र इन्फेक्शनबाट बचाउँछ । साथै, यसले तौल कम गराउँछ । बेसारमा एन्टिअक्सिडेन्ट हुन्छ जसले शरीरलाई सफा गर्छ । र दुधले तौल नियन्त्रण गर्छ ।

प्रतिक्रिया दिनुहोस