राजतन्त्रको पक्षमा नारा लगाउन यी सबै एकमत, ‘रअ’को डिजाइनमा को–को फसे ?

सफल खबर संवाददाता

शनिबार, २७ मंसिर २०७७, १० : १०
राजतन्त्रको पक्षमा नारा लगाउन यी सबै एकमत, ‘रअ’को डिजाइनमा को–को फसे ?

काठमाडौं । पछिल्ला दिनमा राजा आऊ देश बचाऊको नारा देशव्यापी चलिरहेको छ । पूर्व मण्डलेहरुको पार्टी राप्रपाका अध्यक्ष  कमल थापालाई भने उक्त नारा आफूबाट अरुले खोसेको भन्दै पर्नु पीर परेको छ । उता नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला समूह पनि राजासहितको हिन्दु राज्यको पक्षमा देखिएको छ । इतिहासको गतिमा सिमित भइसकेको राजतन्त्रलाई मशानघाटबाट निकालेर महादेवले सतिदेवीको लाश बोके जस्तै बोक्न काँग्रेसका केही नेता तयार भएका छन् ।

भारतीय जनता पार्टीको मास्टर डिजाइनमा नै देशभित्र राजतन्त्रको पक्षमा माहौल बनाइएको छ । जनताले लडेर ल्याएको गणतन्त्रलाई उल्ट्याउन राजावादीदेखि काँग्रेस र ओली गुटका मान्छे समेत परिचालित भएका छन् । उनीहरुको प्लान अनुसार भएको खण्डमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता परिवर्तनका सबै एजेण्डालाई उल्ट्याउने नै रहेको छ । सो कार्यमा कमल थापा, शशांक कोइराला, पशुपति शम्शेर, पूर्व राजा ज्ञानेन्द्र र सत्तारुढ पार्टी नेकपा भित्रको खड्ग ओली गुटको समेत संयुक्तमोर्चा बन्दी गराउने गरी भारतीय खुफिया एजेन्सी रअले भूमिका खेलेको विश्वस्त स्रोतले जनाएको छ ।

केही दिन पहिले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा समेत खड्ग ओलीले जनताले चाहेको खण्डमा कुनै पनि व्यवस्था अजम्बरी नभएको भन्दै राजतन्त्र वा गणतन्त्र भन्ने विषय जनचाहना भएको बताएका थिए । पछिल्ला दिनमा देशव्यापी रुमपा भएको प्रदर्शनमा काँग्रेसले घोषित वा अघोषितरुपमा नै आफ्ना कार्यकर्ता परिचालित गरेको छ । कतै घोषित रुपमा नै काँग्रेस कार्यकर्ता परिचालित भएका छन् भने नेकपाका ओली गुटका केही नेताले पूर्व राजालाई पार्टी खोल्न सुझाव दिँदै घुमाएर राजतन्त्र स्थपित भए आफूहरुलाई पनि राजतन्त्र स्वीकार्य भएको छनक दिएका छन् ।

राजतन्त्रवादीले देशव्यापी रुपमा सार्वजनिक शान्ति खलल बनाउने काम गरिरहदा गृहमन्त्री समेत रहेका रामबहादुर थापा भने आफनो पद कसरी जोगाउन सकिन्छ भन्ने भ्याउन्नमा लागेका छन् ।  क्रान्तिको नाममा सरकारमा पुगेका,विगतमा रुक्मांगद कटुवाललाई कारवाही गर्नुपर्ने भन्दै माओवादी नेतृत्वको सरकार ढाल्न लागेका बादल भने यतिखेर राजावादीप्रति नरम व्यवहार गरिरहेका छन् । पद जोगाउनका लागि ओलीको मतियार बनेका थापाका कारण गृह प्रशासन नकाम सिद्ध भएको छ ।

उता आफूले सम्हालेको मन्त्रालयको निर्णय समेत नामका मात्रै उपप्रधानमन्त्री तर, व्यवहारमा भने राज्यमन्त्रीको हैसियतमा रहेका इश्वर पोखरेलले गर्दा समेत लाज नै पचाएर गृहमन्त्रीको कुर्सीमा थापा टाँसिएका छन् । बुधबार संसदीय समितिको बैठकमा समेत सांसदहरुले गृहमन्त्रालयको निर्णय अर्को मन्त्रीले गरेको भन्दै नैतिकताका आधारमा राजीनामा दिन थापाको ध्यानाकर्षण गराएका थिए ।

प्रहरीको एक उच्च अधिकृतको बढुवाका बारेमा आफूलाई थाहा नभएको बताएपछि सांसदहरुले थापालाई राजीनामा दिन सुझाएका थिए । तर, लाच पचेपछि कस्को के लाग्दो रहेछ र भने जस्तै थापाले भने आफू राजीनामा नदिने, बरु लिसो टाँसिएजस्तै टाँसिइरहने प्रतिक्रिया दिएको राज्यव्यवस्था समितिका एक सदस्यले बताए ।  
 

प्रतिक्रिया दिनुहोस