किन कमजोर बन्दैछ सरकारी अस्पताल ?

पत्रपत्रिकाबाट

शनिबार, २७ मंसिर २०७७, ०८ : ५१
किन कमजोर बन्दैछ सरकारी अस्पताल ?

काठमाडौं । सरकारी अस्पतालले प्रवाह गर्ने सेवा दिन प्रतिदिन कमजोर बन्दै गएको पाइएको छ । अधिकांश सरकारी अस्पताल बिरामीमैत्री हुन नसक्दा र सेवा प्रवाह सहज र प्रभावकारी हन नसक्दा बिरामी महँगो शुल्क तिरेर निजी अस्पताल धाउन विवश छन् । 

कतिपय सरकारी अस्पतालले अप्रसनका लागि लामो समयसम्म पालो कुराउने गरेका छन् । सरकारी अस्पतालले सेवा प्रवाहमा अत्यधिक ढिलासुस्तीगर्ने गरेको अधिकांश बिरामीको गुनासो छ । 

जसका कारण पछिल्लो ३ वर्षमा केन्द्रीय सरकार मातहतका अस्पतालको ओपीडीमा बिरामीको संख्या घट्दो क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । राजधानी दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस