तरकारी र फलफूलमा विषादी सीमा तोक्ने बाटो खुल्यो

पत्रपत्रिकाबाट

शनिबार, २७ मंसिर २०७७, ०८ : १४
तरकारी र फलफूलमा विषादी सीमा तोक्ने बाटो खुल्यो

काठमाडौं । प्रांगारिक मल र अर्गानिक उत्पादनको जति प्रचार भए पनि कृषि उपज विषादीको प्रयोग नगरी बजारमा आइपुग्दैनन् ।

स्वदेशीभन्दा बढी आयातित कृषि उपज बजारमा आइपुग्छन्, जसमा प्रयोग भएका विषादीको मात्राबारे सरकारको नीति प्रस्ट हुन नसक्दा अलमल नै थियो । अब भने सरकारले तरकारी, फलफूल र चियामा विषादीको अधिकतम मात्रा तोक्ने भएको छ । 

यसका लागि विषादी अवशेषको अधिकतम सीमा तोक्नेसम्बन्धी खाद्य पदार्थको गुणस्तर निर्धारण आदेश मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । यो सँगै स्याउ, केरा, करेला, भन्टा, बन्दा, काउली, भिन्डी, आलु, टमाटर र चियामा विषादीको मात्रा तोक्ने बाटो खुलेको छ ।

फलफूल तथा तरकारीमा पहिलो पटक जीवनाशक विषादी अवशेषको अधिकतम सीमा ९म्याक्सिमम रेजिड्यु लिमिट० निर्धारण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले बताए । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस